कात्तिक १७, २०७८ बुधबार

दोस्रो जनआन्दोलनमा ढालिएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको सालिक फेरि राखिने भएको छ ।

अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको सालिक अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व-पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो।

राजमार्ग बनेपछि २०४२ सालमा धनगढी नगर पञ्चायतका प्रधानपञ्च बनिसकेका यज्ञराज पन्तको संयोजकत्वमा महेन्द्रको सालिक राख्न समिति बनेको थियो।

पन्त र उनका सहयोगीले भारतको राजस्थानका  मुर्तिकारलाई महेन्द्रको सालिक बनाउन लगाएका थिए।

एकै ढुङ्गामा कुदेर बनाइएको जस्तो देखिने त्यो ६ फिटको सालिक ट्रकमा जयपुरबाट अत्तरिया पुर्‍याइएको थियो।