साउन ७, २०८३ बिहिबार

काठमाडौँ, ७ साउनः आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । 

नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ । 

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल,  कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।