साउन १९, २०८३ मंगलबार

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार वर्षा भइरहेको छ। मनसुन सक्रिय रहँदा उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मनसुनको प्रभाव कायम रहेको छ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
वर्षाका कारण काठमाडौं उपत्यकाका सडक तथा दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले विशेषगरी भारी वर्षा हुन सक्ने स्थानमा बाढी, डुबान तथा पहिरोजस्ता जोखिमप्रति सचेत रहन सुझाव दिएका छन्।

यसैबीच, वर्षाका कारण सडकमा पानी जम्ने, सवारी आवागमन प्रभावित हुने तथा यातायातमा ढिलाइ हुनसक्ने भएकाले यात्रुले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।