कात्तिक २८, २०७८ आइतबार

महेश सिंह/सिरहा/लहान/सिरहा/ सिरहाको  मिर्चैया नगरपालिका वडा नम्बर ९ पुलिस पटाको चुरे वन क्षेत्रमा लुकाइ राखेको करीब ५१ थान साखु जातको चिरानको काठ बरामद भएको छ ।

जम्दार भोगेन्द्रप्रसाद यादवको कमान्डमा खटिएको गस्ती टोलिले गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय मिर्चैयाको वन रक्षकको गस्ती टोलिले संयुक्त रूपमा वन क्षेत्रमा गई अन्दाजी ५० क्युविक फिट साखु जातको चिरान काठ बरामद गरेको हो ।

हालको बजार मुल्य करिब २ लाख ५० हजार पर्ने काठ बरामद गरी डिभिजन वन कार्यालय लहानमा बुझाइएको छ ।

चुरे क्षेत्रको वनबाट अवैध रूपमा तस्करहरूले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए ।