कात्तिक २८, २०७८ आइतबार

दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन्। उनी आउँदो बुधबार नेपाल आउन लागेका हुन्। 

अमेरिकी स्टेट डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै उनी १७ नोभेम्बरमा काठमाडौं आउन लागेको जानकारी दिएको छ। त्यसअघि उनी १५ नोभेम्बरमा माल्दिभ्स पुग्नेछन्। त्यहाँ उनी विदेशमन्त्री अहमद खलिलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। 

नेपाल भ्रमणमा रहँदा लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।