कात्तिक २८, २०७८ आइतबार

 बुटवल, कात्तिक २८ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन विस्तार गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने प्रक्रिया लामो र जटिल हुँदा समयमै योजना सम्पन्न गर्न चुनौती थपिएको बताएका छन् ।

 विद्युत् प्रसारण लाइन विस्तार अधिकांश वन क्षेत्रको बाटो भएर गर्नुपर्ने र वन क्षेत्रको रुख काटरन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकाले प्रक्रिया नै लामो हुँदा आयोजना सम्पन्न हुन बढी समय लाग्ने गरेको उनले बताए ।

बुटवलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले विद्युत् विस्तार तथा संरचना निर्माणमा कतिपय ऐन, नियम नै बाधक भएको बताए । विद्यमान ऐन नियमका कारण काम गर्न समस्या हुनुका साथै लागतसमेत वृद्धि हुने गरेको गुनासो गरे ।