नेपाल बार एशोसिएसनका अनुसार आज बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै कानुन व्यवसायीहरूले धर्ना दिने तयारी गरिएको छ । शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका थिए । जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।