भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । 
    
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।  

    बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० र चाँदी रु चार हजार ९६५ कायम भएको थियो ।