कास्की पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग कुनै सम्बन्ध नभएका भारत तमिलनाडुका ४४ वर्षीय शिवम् विरुमुथु चेटियारले अस्पतालको शेयर बिक्रीबापत विभिन्न व्यक्तिबाट ५० लाख रुपियाँ उठाएका छन् । विरुमुथु भारतिय नागरिक हुन् ।
अपराध महाशाखाका निमित्त प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले पीडितको गुनासो आएपछि अभियुक्त चेटियारलाई बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।
उनले अस्पताल बिक्रीका लागि भारतीय शेयर सदस्यसँग सम्झौता भइसकेको नक्कली कागजपत्र देखाएर ठगी गरेको पाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।