कात्तिक २९, २०७८ सोमबार

कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनका क्रममा आज प्रहरीसँग धकेलाधकेल भएको छ।

प्रहरीले प्रदर्शनमा सहभागी केहीलाई नियन्त्रणमा समेत लिएको छ । प्रहरीले अघिल्ला दिनमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीलाई जान रोक लगाएपछि धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।