कात्तिक २९, २०७८ सोमबार

काठमाडौं, कात्तिक २९ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गरेका छन् । विज्ञप्तिमा न्यायापालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकाले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताएका छन् ।