भदौ १८, २०८३ बिहिबार

संयुक्त राष्ट्रसङ्घ, १८ भदौ : संयुक्त राष्ट्रसङ्का मानवतावादीले प्यालेस्टिनी क्षेत्रमा नागरिकको सुरक्षा र कल्याणमा गहिरो चिन्ता व्यक्त  गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले सामाजिक सञ्जाल फेसबुकमा गाजामा पछिल्लो २४ घण्टामा तीन जना बालिकाको मृत्यु हुनुका साथै कम्तीमा पाँच जना बालबालिका घाइते भएको बताएको छ ।

    युनिसेफले बालबालिकाको सुरक्षाका लागि विस्फोटक हतियार र अन्धाधुन्ध गोलीको प्रयोगबाट जोगिनुपर्ने बताएको छ ।

    यसअघि मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए)ले मङ्गलबार गाजा सहरमा सशस्त्र झडपका क्रममा मानवीय साझेदारका लागि काम गर्ने तीन जना गार्ड घाइते भएको बताएको थियो । 

    देइर अल–बलाहमा, दुईवटा राष्ट्रसङ्घीय अतिथि गृहको बाहिरी पर्खालमा प्रक्षेप्यले प्रहार गरेर क्षति पुर्याएको जनाइएको छ ।

    ओसिएइचएले इजरायली वाटर ग्रिडमा निर्भर रहेका गाजाका करिब १० लाख मानिसलाई पानीको आपूर्तिमा कमी आएकोले प्रभावित भएको र अन्य स्रोतद्वारा वितरण गरिएको पानीले कटौती गरिएको पानीको आंशिक क्षतिपूर्ति मात्र गरेको जनाएको छ ।

    वेस्ट ब्याङ्कमा ओसिएइचएले आफ्ना मानवीय साझेदार सुरक्षामा अटएकोे खिरबेटको सम्पूर्ण समुदायलाई इजरायली सेनाले ध्वस्त पारेको खबरबाट चिन्तित भएको बताएको छ ।

    खिरबेट हेब्रोनको मासाफेर यट्टा क्षेत्रका १३ वटा समुदायमध्ये एक हो, जसमा एक हजारभन्दा बढी मानिस छन्, जो सबै वेस्ट ब्याङ्कको १८ प्रतिशतभित्र रहेका छन् । जसलाई इजरायली अधिकारीले “फायरिंग जोन”को रूपमा घोषणा गरी सैन्य प्रशिक्षणका लागि प्रयोग गरिरहेका छन् ।

    यी समुदायले इजाजतपत्र नभएको कारण सबै संरचना विरुद्ध जारी गरिएको लामो समयदेखि विध्वंस आदेशको सामना गर्नुपरेको छ । यद्यपि इजरायली अधिकारीले प्यालेस्टिनीका लागि आवश्यक अनुमति भने जारी गरेका छैनन् । पछिल्लो दुई वर्षमा सोही क्षेत्रमा एक दर्जन बस्तीमा चौकी स्थापना गरिएको छ, भने यस क्षेत्रमा बसोबास गर्ने बाँकी प्यालेस्टिनीलाई पनि यो क्षेत्र छोड्न दबाब बढाएको छ ।

    ओसिएइचएले यसका साझेदारले नयाँ विस्थापितलाई सहयोग गर्न प्रतिक्रिया प्रयास परिचालन गरिरहेको छ भने भूमि छोड्ने दबाबमा रहेका वेस्ट ब्याङ्क क्षेत्रका कमजोर समुदायको जीविकोपार्जनलाई पनि समर्थन गरिरहेका छन् ।

    यस सन्दर्भमा, खाद्य र कृषि सङ्गठनले वेस्ट ब्याङ्कका गोठालाले एजेन्सी र प्यालेस्टिनी कृषि मन्त्रालयबाट विगत दुई वर्षमा पशुधन र उनीहरूको आम्दानीको सुरक्षाका लागि ३३ लाख डोज  खोप प्राप्त गरेको जनाएको छ ।