बेइजिङ, १८ भदौ : चीनले सन् २०२६ एपेक “चीन वर्ष” अन्तर्गत शृखलाबद्ध कार्यक्रम आयोजना गरी रहेको अवस्थामा दक्षिण चीनको गुआङ्गडोङ प्रान्तको शेन्जेनमा आगामी शनिबारदेखि एसिया–प्यासिफिक मिडिया फोरम आयोजना गर्ने तयारी गरिरहेको जनाइएको छ ।
“एसिया–प्यासिफिक समुदायका लागि साझा समृद्धिको मार्ग निर्माण मिडिया सहमति र कार्य” भन्ने विषयवस्तु अन्तर्गत फोरममा विभिन्न कार्यक्रम अनावरण हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी हुन आएका पाहुनाले कार्यक्रमहुनु अघि गुआङ्झाउ, फोसान, डोङ्गगुआन, शेन्जेन, झुहाई र झोङ्सानलगायत गुआङ्डोङका सहर भ्रमण गरिरहेको जनाइएको छ ।
सन् २०२६ एपेक “चीन वर्ष”को अवसरमा लगभग ३०० कार्यक्रम चीनका विभिन्न सहरमा हुनेगरी निर्धारण गरिएको छ भने ३३औँ एपेक आर्थिक नेताको बैठक आगामी नोभेम्बरमा शेन्जेनमा हुने जनाइएको छ । सन् २००१ मा साङ्घाई र २०१४ मा बेइजिङपछि यो तेस्रो पटक चिनले आयोजना गर्ने प्रतियोगिता हुनेछ ।
हङकङको छेउमा रहेको शेन्जेन चीनको पहिलो विशेष आर्थिक क्षेत्रमध्ये एक थियो भने यो चार दशकभन्दा बढी समयदेखि नवीनता र उन्नत उत्पादनको लागि विश्वव्यापी केन्द्रमा विकसित भएको पाइएको छ ।
सन् २०२६ को पहिलो अर्धवार्षिकमा, अन्य एपेक अर्थतन्त्रसँगको शेन्जेनको व्यापार ३३ प्रतिशतले बढेर लगभग २९ करोड २० लाख अमेरिकी डलर पुगेको जनाइएको छ । जुन यसको कुल विदेशी व्यापारको ६८.८ प्रतिशत हो । विज्ञहरूले शेन्जेन मिडिया फोरमकोले चीनको विकासले एसिया–प्रशान्त क्षेत्रभरि नयाँ अवसर सिर्जना गरिरहेको बताएका छन् ।