कात्तिक ३०, २०७८ मंगलबार

काठमाडौं, ३० कात्तिक । बारको आन्दोलन र न्यायाधीशहरूको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाइ प्रभावित हुँदै आएकामा आज ६ न्यायाधीशहरू इजलासमा फर्किएर मुद्दाको सुनुवाइ गरेसँगै नेपाल बारको आन्दोलन पनि कमजोर हुने आँकलन गरिएको छ ।

तर, आज न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुङ्गाना, कुमार चुँडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बारको आन्दोलन तुहिने विश्लेषण गरिएको छ ।