भदौ २०, २०८३ शनिबार

तेहरान, २० भदौ : संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको  केही दिन पछि शनिबार खाडीे  देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै  धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन् ।

    फार्स समाचार एजेन्सीले धेरै विस्फोटको आवाज सुनेको तर त्यहाँ धुवाँ नदेखिएको जनाएको छ भने, एसएनएन समाचार एजेन्सीले टापु नजिकै अमेरिकाले इरानी ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी वा इरानी अधिकारीहरूबाट हाल सम्म कुनै आधिकारिक टिप्पणी नआएको जनाइएको छ  । 

    युद्ध सुरु भएको छ महिना पछि युद्धरत देशहरु बीचको लडाइँ गत आइतबार इरानमाथि अमेरिकी आक्रमणको साथ पुनः सुरु भएको जनाइएको छ । अमेरिकी आक्रमण पछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यहरूमा जवाफी आक्रमण जारी राखेको जनाइएको छ ।

    इरानले बिहीबार आफ्नो सशस्त्र बलले कुवेत र संयुक्त अरब इमिरेट्सका अवस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको छ भने विवाह समारोहमा भएको नागरिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    वासिङ्टनले इरानी बन्दरगाहहरूको प्रति–अवरोध कायम राख्दै गर्दा इरानले जहाजहरूको बाटो अवरुद्ध गर्दै, दुवै पक्षले रणनीतिक स्ट्रेट अफ होर्मुजको नियन्त्रणका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन्।