मंसिर २, २०७८ बिहिबार

महेश सिंह/ सिरहा /लहान २ मङ्सिर । सिरहाको लहान नगरपालिका -२४ को वडा कार्यालयमा कार्तिक १० गतेबाट ताला बन्दी भएको छ । खासगरी सडक विकासका लागि भन्दै विपक्षी दलहरूले कार्यालयमा तालाबन्दी गरेर सार्वजनिक सेवामा अवरोध गरेका छन् ।

सार्वजनिक कार्यालयमा तालाबन्दी गरेर समस्याको सामाधान नहुने वडाअध्यक्ष कमलदेव यादवले बताएका छन् । समस्याको निकासका लागि छलफल र संवाद गर्न आफू हरबखत तयार भएको यादवको भनाइ छ ।

कार्यालयमा तालाबन्दी भएको एक महिना हुन लाग्दा पनि तालाबन्दी नखुलेपछि आइतबारदेखि अर्को कोठाबाट सेवा सुचारु गरिएको छ ।