सर्वोच्च अदालत परिसरमा बिहीबार अरू दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ ।
प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरू मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच धकेलाधकेल भएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।