भदौ २३, २०८३ मंगलबार

काठमाडौँ, २३ भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य-सचिव मनोनयन गर्नुभएको छ ।

    महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गर्नुभएको हो ।

    पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

    समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो ।