काठमाडौँ, २४ भदौः कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त सहयोग रकम आज कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने व्यवसायीप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
यसअघि पनि व्यवासायीले भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहतका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका थिए ।