काठमाडौं, मङ्सिर ४ गते । अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा काठमाडौंको बसन्तपुरमा १०८ कन्या पूजा गरिएको छ ।
विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा आज बसन्तपुरमा १०८ कन्या पूजाको आयोजना गरिएको हो । हरेक वर्ष संयुक्त राष्ट्र संघले नोभेम्बर २० मा अन्तरराष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।