तेहरान, २८ भदौ : मध्यपूर्वी युद्ध सुरु भएदेखि सम्बन्ध बिग्रिएका इरान र संयुक्त अरब इमिरेट्स अब ‘पृष्ठ पल्टाउन’ चाहेको इरानी राष्ट्रपतिले आइतबार बताउनुभएको छ ।
“युद्ध र पर्सियाको खाडीमा भएका घटनाहरूपछि पहिलो पटक हामीले अबु धाबीका युवराजसँग रचनात्मक वार्ता आदानप्रदान गर् यौँ,” मसूद पेजेस्कियानले भन्नुभयो । उहाँले भारतमा ब्रिक्स शिखर सम्मेलनको अवसरमा शेख खालिद बिन मोहम्मद बिन जायेद अल नाह्यानसँग भेटेको एक दिनपछि यसो भन्नुभएको हो ।
“हामीबीच अब युद्धको ‘पाना पल्टाउने’ सहमति भएको छ । हामी हाम्रो भविष्यतर्फ हेर्नेछौँ र सँगै निर्माण गर्नेछौँ।”
फेब्रुअरीमा इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणपछि तेहरानले क्षेत्रका अमेरिकाका सहयोगीहरूविरुद्ध प्रतिशोध लिउको थियो, जसमा युएईले धेरै असर भोगेको छ ।
अगस्टमा युएईले इरानसँग व्यापार र वित्तीय आदानप्रदान रोकेको घोषणा गरेको थियो ।
युएईको सबैभन्दा ठूलो सहर दुबई इरानी समुदायको गहिरो प्रभाव रहेको क्षेत्र हो र इरानका लागि महत्वपूर्ण आर्थिक जीवनरेखा हो । इरान अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको भारमुनि सङ्घर्ष गरिरहेको छ ।