जनकपुरधाम, ३० भदौः मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ ।
गणेश चतुर्थीको अवसरमा हिजो धनुषाको औरही गाउँपालिका–१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्नुहुँदै सभामुख यादवले धर्म, संस्कृतिले एक सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवद्र्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताउनुभयो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभामुख यादवले धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिन्छ भन्नुभयो ।
मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति थियो ।