भदौ ३१, २०८३ बुधबार

काठमाडौँ, ३१ भदौः बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ । 

    नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ ।

    प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो ।

    आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ ।

    एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो । 

    सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो 
---