मंसिर ६, २०७८ सोमबार

साङ्केतिक तस्बिर

काठमाडौं,मङ्सिर ६ गते । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा नेपालमै रासायकनिक मल कारखाना खोल्ने घोषणा गरेका थिए । उनको भाषणपछि नेपालमा मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष भइसकेको छ । तर मल कारखाना स्थापनाको प्रक्रिया भने शून्य रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले मल कारखाना स्थापनाको सन्दर्भमा अहिलेसम्म कुनै प्रगति नभएको बताए । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपाल मलमा पूर्ण रूपमा परनिर्भर छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा तीन लाख २७ हजार ५२० मेट्रकटन मल आयात भएको थियो ।
२०७३/०७४ मा तीन लाख २८ हजार २१७ मेट्रिकटन मल आयात भयो ।
२०७४/०७५ मा तीन लाख ४८ हजार ७३४ मेट्रिकटन मल भित्रियो ।
२०७५/०७६ मा तीन लाख ४४ हजार मेट्रिकटन मल आयात भयो ।
२०७६/०७७ मा तीन आख ९४ हजार मेट्रिकटन मल आयात भयो ।
२०७७/०७८ मा चार लाख दुई हजार मेट्रिकटन मल नेपाल भित्रिएको छ ।