असोज २, २०८३ शुक्रबार

गण्डकी, २ असोजः चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी  आयोजना गरियो । 

कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए । 

विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि र नवप्रवर्तनबारे जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष महेशकुमार प्रधानले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनीमा सहभागी विद्यार्थी समूहले  निर्माण गरेका  फोहरमैला व्यवस्थापन, आधुनिक प्रविधि र स्मार्ट सिटी, स्थनीय प्रविधि र मौलिक नवप्रवर्तनसम्बन्धी नमुना उपकरण तथा सामग्री प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीका उत्कृष्ट  समूहलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।