भद्रपुर (झापा), ७ असोजः नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ ।
इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिनुभयो ।