फागुन ४, २०७७ मंगलबार

सुनको भाउ

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक सय घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ ।हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।