असोज ९, २०८३ शुक्रबार

काठमाडौँ, ९ असोजः जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गरिरहेको छ । 

    जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान र जापान रहेका छन् । 

    यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् । समूह ‘ए’ को पहलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।