असोज २१, २०८३ बुधबार

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५आँै महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

    चालिसेले आज उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । यसअघि मङ्गलबार उहाँले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुनुहुन्छ । 

    कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार  मतदान हुँदैछ ।