फागुन २८, २०७७ शुक्रबार


काठमाडौँ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।हिजो प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ रहेको छ ।
 चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य १२ सय ८० रुपैयाँ रहेको थियो ।