असोज ३१, २०८३ शनिबार

फाइल फाेटाे

गण्डकी, ३१ असोजः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँका माध्यमबाट नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत हुने बताउनुभएको छ  ।

सन्देशमा उहाँले बडादसैँले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साहका साथै सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।