काठमाडौँ, १३ कात्तिकः जनवादी गणतन्त्र चीनको साहित्यिक एवं साँस्कृतिक टोली काठमाडौं आइपुगेको छ ।
लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले काठमाडौंमा विशेष समारोहबीच स्वागत एवम सम्मान गरेको छ ।
फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले मित्र राष्ट्र चीनका सर्जकहरुको भ्रमणले एक अर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपालको कला,संस्कृतिबारे चर्चा गर्दै उनीहरुले यश क्षेत्रमा आपसी सहकार्य र सहयोगको आवश्यकता अझै बढेको धारणा राखे ।
समारोहमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गीत संगीत प्रस्तुत गरिएको थियोे ।
चिनियाँ टोलीले पाटन दरबार लगायत उपत्यकाका ऐतिहासिक एवम पुरातात्त्विक क्षेत्रको अवलोकन पनि गरेको थियो ।