काठमाडौँ, १८ असोजः लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ को आज लोकार्पण गरिएको छ । प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावना अभिव्यक्त गरिएको छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसहितले कृति विमोचन गर्नुभयो ।
समीक्षक दीपशिखा घिमिरे र नवीन खत्रीले ‘कलेजी प्रेम’ माथि समीक्षा प्रस्तुत गर्दै कृतिका विषयवस्तु, पात्र, प्रेम, सम्बन्ध तथा सामाजिक पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ प्रेमकथामा मात्र सीमित नरही प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा प्रस्तुत गरिएको छ ।