कात्तिक १६, २०८३ सोमबार

फाइल फाेटाे

काठमाडौँ, १६ कात्तिकः आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

    आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

    त्यसैगरी, १५ जनाले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।