कात्तिक १६, २०८३ सोमबार

काठमाडौँ, १६ कात्तिक :

‘आँखाको बसेको मान्छे आँशु बनेर झर्यो
बुझ्नै मान्दैन यो मन, नगर्नु मायाले गर्यो...’
गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरू अब गीत बनेर गुञ्जिन थालेका छन् । बाढीपछि पीडितहरूको दुःख नजिकबाट देखेका केदार खतिवडाले त्यही पीडालाई ‘आँखामा बसेको मान्छे’ को बोलमा शब्दमा उतारेपछि संवेदनशील विषयका गजल गायकका रुपमा लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा नयाँ गीत बजारमा आएको छ ।

बाढीले कसैको प्रियजन खोस्यो, कसैको घरबार उजाड्यो त कसैको जीवनभरसँगै रहने सपना एकैछिनमा बगायो । आँखै अगाडि आफ्ना मान्छे र सपनाहरू गुमाउनु पर्दाको पीडा कति असह्य हुन्छ भन्ने अनुभूति बोकेको यो गीतले प्राकृतिक विपत्तिले मानिसको मनमा छाडेको गहिरो घाउलाई प्रेम र बिछोडका विम्बमार्फत व्यक्त गरेको छ । यो गीत सुफि शैलीमा गाइएको छ ।

गीतकार खतिवडा बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा तथा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

“बाढीपछि उद्धार तथा राहतका काममा खटिएका  विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट जे देखँे, सुनँे र महसुस गरँे । त्यही अनुभूति शब्दमा पोखेको हुँ ।”, गीतकार खतिवडाले भन्नुभयो ।

गायक गौतमका ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘नाकमा फुली, एम मेरी ठुली’, लगायत करिब ५०० गीतमा आवाज दिइसक्नुभएको छ । उहाँका गीतहरु विभिन्न चलचित्रमा प्रयोग भएका छन् ।