काठमाडौँ, २३ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।