मंसिर १०, २०८३ बिहिबार

काठमाडौँ, १० मङ्सिरः कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

    एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।

    नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स ९युएई० लाई हराएको हो । नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।