काठमाडौं।
ओप्पोले नेपाली बजारमा चैत ३ गते मंगलबार ओपो एफ १९ प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक विशेष कार्यक्रम गर्दै ओपो एफ१९प्रो सार्वजनिक गर्ने भएको छ ।
फोनमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड९एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ ।
उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष ब्यवस्था गरेको छ ।
थ्रीडी कर्भ्ड ब्याट्री र ७।८एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम कायम गरिएको छ ।
हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् “यू होल्ड इट, यूल् लभ ईट” भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।
ओपो एफ१९ प्रोमा ९०।८५ स्क्रिन टू बडी रेसियो र ईन डिस्प्ले फिंगरप्रिन्ट ३।० सहितको चहकिलो ६।४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ ।
तीव्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याश चार्ज ४।० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ १९प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।