पुस २३, २०७८ शुक्रबार

काठमाडौँ, पुस २३ गते । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि पुसको मसान्तसम्म अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ । दूधको मूल्यमा १० रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने सुझाव दिइएको छ । हाल दूधको मूल्य प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँ रहेको छ ।

तीन वर्षदेखि दूधको मूल्य वृद्धि भएको छैन ।