बैशाख ७, २०७९ बुधबार

काठमाडौं, बैशाख ७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत उनीहरूले आपूर्तिकर्तासँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

उनीहरूविरुद्ध कृषि यान्त्रिकीकरण कार्यक्रममा मिनी टिलरको झुट्ठा बिल भर्पाइ बनाइ दोहोरो बिलको भुक्तानी लिने र दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनीटिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनीटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानुनी हानि पु¥याएको भन्दै भन्दै उजुरी परेको थियो ।

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी भुक्तानी दिँदा टिप्पणी सदर गरी सातवटा मिनीटिलरको ६ लाख २२ हजार ५ सय रुपैयाँबराबरको झुट्ठा बिल भरपाई बनाइ दोहोरो भुक्तानी लिएको पाइएपछि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । राजधानी दैनिकबाट