बैशाख ७, २०७९ बुधबार

पोखरा, वैशाख ७ । गण्डकीका अर्थमन्त्री रामजी बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको छ ।


दुर्घटना पोखरा महानगरपालिका ३२ खुदीमा भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भइरहेकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनकी श्रीमती घाइते भएका थिए । उनकी श्रीमतीको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।