चैत १८, २०७७ बुधबार

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना फेला परेका छन्। मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो।

सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले बताएका छन् ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए।