असार ५, २०७९ आइतबार

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन ज्ञापनपत्र बुझाउन आएको समूहले आइतबार चप्पल प्रहार गरेको छ ।

आक्रमण गर्ने समूहले उपमहानगर प्रमुखलाई भेट्न खोजे पनि उनी नभेटिएपछि उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि साहले सम्बोधन गर्न थाले । उनको सम्बोधन चित्त नबुझेपछि एक महिलाले साहमाथि चप्पल प्रहार गरेको स्थानीयले जनाएका छन् ।

स्थानीयहरू रामजानकी दुल्हा भगवान् कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा टुक्राटुक्रा पारी बिक्री गर्न थालिएको भन्दै त्यसलाई रोक्न माग गर्दै ज्ञापन पत्र बुझाउन उपमहानगर कार्यालय पुगेका थिए ।