दिपु बर्णवाल
अषाढ ०९, पर्सा । वीरगंजको वडा नं. २० मा पर्ने अपौनी विद्यालयमा पुस्तक वितरण गरिएको छ ।आज एक कार्यक्रम बिच श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय अपौनीमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक वितरण गरिएको छ ।
वडा कार्यालयको सहयोगमा विद्यालयका बालविकास देखि कक्षा २ सम्मका १५० बढी विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले जानकारी दिनुभएको छ ।
उहाँ कै प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक वितरण कार्यक्रम सङ्गै अभिभावक भेला पनि गरिएको छ । अभिभावक भेलामा विद्यार्थीहरुका अभिभावकहरुले विद्यालयको स्तर वृद्धि र विद्यालयलाई व्यवस्थित गर्न सुझाव दिनुभएको थियो ।