गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दा मिलाइदिन्छु भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।
१५ हजार घुस रकमसहित अदालत नजिकैको होटलबाट उनलाई पक्राउ गरिएको अख्तियार कार्यालय पोखराले जनाएको छ । उनलाई राति पक्राउ गरिएकोमा राति नै पोखरा ल्याइएको छ ।
अदालतको काममा सेवाग्राहीलाई दुःख दिने गरेको आरोप उनीमाथि यसअघि पनि लाग्दै आएको बताइएको छ । उनीमाथि थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।