मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर बाँके प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नेपालगञ्जबाट जमुनहा नाका हुँदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो ।
सीमा प्रहरी कार्यालय जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेलापरेको बताए ।
पोष्टर दाना अफिमको बिउ रहेको र यो लागूऔषधको रूपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।