काठमाडौँका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले दमन गरेको छ।
शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि दुर्व्यवहार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न नपाउने बताएको थियो।
निर्धारित समय र ठाउँबाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।