असार २४, २०७९ शुक्रबार

कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा १५२ जना माग गर्दै आज सूचना निकालेर अनलाइन दरखास्त आह्वान गरेको छ ।

शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ।

बैंकले लोस सेवाबाट स्वीकृत लिएर दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त पदमा पदपूर्ति गर्न दरखास्त आह्वान भएको छ।

इच्छुकले अनलाइनबाट फारम भर्न सक्नेछन्।