असार २४, २०७९ शुक्रबार

काठमाडौँ : आज राति देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको हो। देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ ।

आज दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले देशभरको मौमम सामान्य छ। देशको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।