भदौ १९, २०७९ आइतबार

काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको रु ३९ लाख ५० हजार ५ सय रकमसहित १ जनालाई पक्राउ गरेको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए ।